

काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं – विपक्षी गठबन्धनका विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।
प्रहरीले हस्तक्षेप गरी उनीहरुबाट पुत्ला खोसेको थियो ।

