एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार आज अपराह्न बैठक बोलाइएको छ ।

बुधवार बस्ने भनिएको महाधिवेशन आयोजक कमिटीका एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।

आयोजक कमिटीमा एमालेलाई २०७५ जेठ २ मा लैजाने बारे निर्णय गर्ने तयारी छ ।

प्रतिक्रिया