प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा


काठमाडौं – यातायात व्यवसायी र मजदुरहरुले प्रशासनको आदेश अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन्।

काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासनले जारी गरेको नीति र निर्णयमाथि विभिन्न ध्यानाकर्षण जनाउँदै व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन्।

काठमाडौं उपत्यकाको स्थानीय प्रशासनले आजबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी मात्र चलाउन दिने निर्णय गरेको छ।

ठूला बस मात्रै चल्न दिने निर्णयले साना व्यवसायी र त्यसमा कार्यरत मजदुरहरु ऋण र रोजीरोटीको समस्या परेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। सिटौलाले अब विमानमा यात्रु बोक्न दिने निर्णय भएकाले लामो दूरीको सवारी चल्न नदिनु अन्याय हुने बताए।

प्रतिक्रिया