

सरकारविरुद्ध सडकमा उत्रिदैँ पाँच विद्यार्थी संगठन (विज्ञप्तिसहित)

काठमाडौं – विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौंले प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा बिरोध प्रर्दशन गर्न लागेको हो ।
प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने कार्य गर्दै आएको विद्यार्थी संगठनले ठहर गरेका छन् ।
सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनको भनाई छ ।
विज्ञप्तिः

