सेप्टी ट्यांकी भत्किएर संखुवासभामा दुईजनाको मृत्यु


खाँदवारी – सङ्खुवासभा, खाँदबारी नगरपालिका –४ सेकाहामा सेप्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ ।

सेप्टी ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए ।

घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।

प्रतिक्रिया