तथ्यांकमा कोरोना महामारीः बाँकी विश्व एकातिर तीन महादेशका तीन महारथी एकातिर

विश्वभर १७ कराेड संक्रमित र ३८ लाख मृतकमध्ये अमेरिका, भारत र ब्राजिलमा साढे सात करोड संक्रमित, १५ लाखको मृत्यु


काठमाडौं – विश्वभर पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । पछिल्ला केही महिनायता कोरोनाको हटस्पट बनेको नेपालको छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा संक्रमित हुनेको संख्यामा कमी आएको छ ।

हालसम्म करिब १७ करोड ८१ लाख संक्रमित रहेको विश्वमा अमेरिका, भारत र ब्राजिलमा मात्र साढे ७ करोड संक्रमित रहेका छन् भने ३८ लाख ५७ हजार मृतकमध्ये १५ लाख बढी मृतक यी तिन देशमा रहेका छन् ।

उत्तर अमेरिका महादेशमा हालसम्म ४ करोड २ लाख ७५ हजार २ सय ८४ संक्रमित रहेकोमा अमेरिकामा मात्रै ३ करोड ४३ लाख ७७ हजार ५ सय ४८ संक्रमित रहेका छन् भने ९ लाख १० हजार १ सय ३ जनाको मृत्यु भएकोमा अमेरिकामा मात्र ६ लाख १६ हजार ४ सय ४० जनाको मृत्यु भएको छ ।

त्यस्तै एसिया महादेशमा हालसम्म ५ करोड ४० लाख ८३ हजार ३ सय ६९ संक्रमित रहेकोमा भारतमा मात्र २ करोड ९७ लाख ६१ हजार ९ सय ६४ जना संक्रमित रहेका छन् । त्यस्तै एसिया महादेशमा हालसम्म ७ लाख ५८ हजार ९ सय ९८ जनाको मृत्यु भएकोमा भारतमा मात्र ३ लाख ८३ हजार ५ सय २१ जनाको मृत्यु भएको छ ।

त्यस्तै दक्षिण अमेरिका महादेशमा हालसम्म ३ करोड १२ लाख ३० हजार ७ सय २८ संक्रमित रहेकोमा ब्राजिलमा मात्र १ करोड ७७ लाख ४ हजार ४१ जना संक्रमित रहेका छन् भने ९ लाख ६० हजार ३ सय ६० जनाको मृत्यु भएकोमा ब्राजिलमा मात्र ४ लाख ९६ हजार १ सय ७२ जनाको मृत्यु भएको छ ।

त्यस्तै युरोपमा सबैभन्दा धेरै संक्रमित फ्रान्समा रहेका छन् भने मृतक रसियामा पुगेका छन् ।

त्यस्तै अफ्रिकाकी महादेशमा सबैभन्दा धेरै संक्रमित र मृतक दक्षिण अफ्रिकामा रहेका छन् ।

पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार भारतमा ६२ हजार ४ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ३१० जनाको मृत्यु भएको छ ।

अन्य मुलुकमा संक्रमित र मृतक दरमा कमी आए पनि ब्राजिलमा भने संक्रमित र मृतकको संख्यामा उल्लेख्य कमी आएको छैन । पछिल्लो २४ घन्टामा ब्राजिलमा ७४ हजार ३ सय २७ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ३३५ जनाको मृत्यु भएको छ ।

विश्वकै सबैभन्दा धेरै संक्रमित र मृतक पुगेको अमेरिकामा भने पछिल्लो २४ घन्टामा ११ हजार १८६ जना संक्रमित थपिएका छन् भने २ सय ९१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वमा १७ करोड ८१ लाख ८३ हजार ९४९ जना संक्रमित भइसकेका छन् भने ३८ लाख ५७ हजार ४८४ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै अहिलेसम्म १६ करोड २६ लाख ८१ हजार ८ सय ७० जनाले कोरोनाविरुद्ध जित हात पारिसकेका छन् ।

ती मध्ये सबैभन्दा धेरै संक्रमित अमेरिकामा ३ करोड ४३ लाख ७७ हजार ५४८ जना रहेका छन् भने मृतक पनि अमेरिकामै सबैभन्दा धेरै रहेका छन् । हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख १६ हजार ४ सय ४० जना पुगेका छन् ।

त्यसपछि संक्रमितको सूचीमा भारत दोस्रो नम्बरमा छ भने मृतकको सूचीमा ब्राजिल दोस्रो नम्बरमा रहेको छ । भारतमा हालसम्म २ करोड ९७ लाख ६१ हजार ९ सय ६४ जना संक्रमित पुगेका छन् भने ३ लाख ८३ हार ५ सय २१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म १ करोड ७७ लाख ४ हजार ४१ जना संक्रमित पुगेका छन् भने ४ लाख ९६ हजार १ सय ७२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर ३ लाख ८४ हजार १ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ ।

विश्वमा अमेरिका, भारत र ब्राजिलपछि संक्रमितको सूचीमा फ्रान्स, टर्की, रसिया, बेलायत, इटाली, अर्जेन्टिना र कोलम्बिया क्रमशः चौथो देखि दशौं स्थानसम्म रहेका छन् ।

प्रतिक्रिया