सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, ओली सहभागी भएनन्


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी छ। संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा विभिन्न दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीहरु सहभागी छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेता दीपक बोहोरा सहभागी छन्।

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका केही नेता भर्चुअल माध्यामबाट सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी छैनन्। उनलाई निमन्त्रणा गरिए पनि बैठकमा नगएका हुन्। सभामुखले संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न लागेका हुन्।

उनले यसअघि कानुन व्यवसायी, पूर्वसभामुख लगायतसँग छलफल गरिसकेका छन्।

प्रतिक्रिया