

उपत्यकामा थप ७ दिन निषेधाज्ञा थप्ने तयारी

काठमाडौं — कोरोना भाइरस संक्रमणदरमा अपेक्षाकृत कमी नआएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भएको छ ।
उपत्यकाका तीनै जिल्लाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप्ने विषयमा छलफलमा जुटेका छन् ।
संक्रमणदर नघेटेकाले अझै केहीदिन निषेधाज्ञा थप्न विज्ञहरुले सुझाव दिएकाले के गर्ने भन्ने विषयमा छलफल चलिरहेको एक प्रजिअले जानकारी दिए । ‘हामी छलफलमानै छौ, विज्ञहरुको सुझावअनुसार नै निर्णय हुन्छ होला तर निषधाज्ञा केही खुकुलो हुनेछ, उनले भने ।
यसअघि उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा घोषणा गरिएकोले थप ७ दिने थप्ने सम्बन्धी निर्णय आज साँझसम्म आउने पनि जनाइएको छ ।

