संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना


काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

उनको पिसाबमा समस्या देखिएपछि चारदिन अघि किस्ट अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनको छातीमा पनि केही समस्यामा देखिएकाे  जाेशीकी पत्नी राधादेवी जाेशीले बताइन् । जाेशीले भनिन्, ‘छाती दुखेको छ भन्नुहुन्थ्याे, त्यसैले अस्पताल लगिएको हाे ।’

आज डिस्चार्ज गर्ने तयारी गरिएकोमा एन्टीबायोटिकको मात्रा पूरा नभएकोले जोशीलाई डिस्चार्ज नगरिने उनको उपचारमा संलग्न चिकित्सकले बताए ।

अहिले उनको स्वास्थ्यमा सुधार आईसकेको जनाइए पनि पर्सी (आइतबार) मात्रै डिस्चार्ज गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया