

नयाँ मन्त्रीहरुको सपथ अहिले ८ बजे हुँदै, परराष्ट्रमा महासेठ, स्वास्थ्यमा तामाङ

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले पुनर्गठन गरेको मन्त्रिपरिषद्का नयाँ सदस्यहरुले अहिले ८ बजे सपथ लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन्।
जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन्। नयाँ मन्त्रीहरूको सपथ अहिले केहीबेरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन्। उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ।
त्यस्तै नवगठित मन्त्रीमण्डलमा ओलीले रघुवीर महासेठलाई परराष्ट्रमन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

