प्रदेश १ सरकारद्वारा अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन २०७४ संशोधन


विराटनगर – प्रदेश १ सरकारले अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ मा बजेट पेस हुने मिति भन्दा १५ दिनअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने प्रावधान रहेपछि सरकारले बजेट पेस गर्ने मिति असार १ को १५ दिनअघि प्रदेशसभा अधिवेशन नबोलाएपछि ऐन नै संशोधन गर्न अध्यादेश ल्याएको हो ।

कार्यविधिमा उल्लेख भएको १५ दिनअघि छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।

प्रतिक्रिया