नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५,३१६ संक्रमित, ७,२१९ जना कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा आज ५ हजार ३१६ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७ हजार २ सय १९ जना कोरोनामुक्त भएका छन् भने १०१ संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ । अहिले १ लाख १ हजार ९९३ जना संक्रमित आइसोलेसनमा छन् ।

 

प्रतिक्रिया