

चन्द्रागिरिमा वाल भत्किँदा ४ जना पुरिए, दुईजनाको मृत्यु

काठमाडौं – चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप कंकालीमा ढुंगाको वाल भत्किँदा दुई जनाको मृत्यु भएको छ। ढुगांको पर्खाल लगाउँदा लगाउँदै अचानक पर्खाल भत्किएपछि दुई जनाको मृत्यु भएको हो।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक गणेश चन्द्र कोइरालाका अनुसार पर्खाल एक्कासी भत्किएर मृत्यु हुनेमा उदयपुर बेलुवा–८ कि ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिकाका– ९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन्।
माथिबाट भत्किएको वालले थिचेर उदयपुर कटारीका २१ वर्षका मिलन तामाङ, जिल्ला धादिङ गल्छी गाउँपालिका–२ का १८ वर्षीय हरि घले घाइते भएका छन्।
उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

