

सगरमाथामा हिमपहिरो…

सोलुखुम्बु – सगरमाथाको दोस्रो आधार शिविरमा हिम पहिरो खसेको छ । गएराति खसेको हिमपहिरोका कारण केही क्षेति पुगेको सगरमाथा आरोही तासिल्हाक्पा शेर्पाले जानकारी दिए ।
उनले आफूले पहिलो पटक गएराती सगरमाथामा हावाको झोक्काको अनुभव गरेको कुरा बताएका छन। सगरमाथा पर्वतारोहणका सिलसिलामा १९ पटक पुगिसकेका उनले दोश्रो शिविरमा गएराती हिम पहिरो गएर पालहरु नष्ट र क्षति ग्रस्त भएका थिए।
उनले पर्वतीय पथ प्रदर्शकको जीवन छोटो भएको आफूले अनुभव गरेको सामाजिक सन्जालमा उल्लेख गरेका छन।

