
निर्वाचन प्रणालीमा परिमार्जन गर्न सकिन्छ तर महाधिवेशन रोकिन हुन्न :सुजाता कोइराला
काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनै पनि बहानामा पार्टीको १४ औ महाधिवेशन रोकिनु नहुने बताएकी छन् । नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै कोइरालाले उक्त कुरा बताएकी हुन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर नेपाली कांग्रेसका नेता कार्यकर्ता हरुलाई धरपकड गरिरहेको समयमा पनि गिरिजा प्रसाद कोइरालाले आफु नजरबन्द रहेकै अवस्थामा पार्टीको जिल्ला अधिबेशनहरु जसरी पनि सम्पन्न गर्न निर्देशन दिएको सन्दर्भको स्मरण गरिन् । कोइरालाले पार्टीको विधान अनुसार अब समयावधि थप्न सम्भव नभएकाले तोकिएको मितिमा महाधिवेशन हुनुको विकल्प नभएको समेत बताइन् ।
उनले बरु अब पार्टी अधिवेशनको निर्वाचन प्रणालीमा परिमार्जन गर्न सकिने बताइन् ।



कागजपत्र |
