

च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

काठमाडाैं – इङ्ग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।
चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

