बाढीले बगायो २३ करोडमा निर्माणाधीन पुल


ओखलढुंगा – अबिरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले निर्माणाधीन पुल बगाएको छ । ओखलढुंगा र सिन्धुली जिल्लालाई जोड्न सिन्धुलीको फिक्कलमा निर्माणाधीन पुल बाढीले बगाएको हो ।

ओलखढुंगाको चम्पादेवी गाउँपालिका–१ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाटलाई जोड्न निर्माण गरिएको पुल बिहीबार आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

२१० मिटर लम्बाइको निर्माणाधीन पुलको करिब ४० मिटर भाग बाढीले बगाएको हो । चुँदी कन्ट्रक्सन प्रालि सानेपाले करिब २३ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का लिएके थियो ।

प्रतिक्रिया