

संसद विघटन मुद्दामा संवैधानिक इजलाशमा सुनुवाई थालियो

काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धका रिट उपर संवैधानिक इजलाशमा सुनुवाई थालिएको छ।
शुक्रबार ११ वटा रिटमाथि सुनुवाई राखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारदेखि हुने प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाईका लागि संवैधानिक इजलाश गठन गरेका थिए।
पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।

