संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।

बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उनले पूर्ण इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास शुक्रबार बस्नेछ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० रिट निवेदन दर्ता भएका  छन् ।

प्रतिक्रिया