कुनै पनि बेला सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने

नीजि तथा सरकारी स्वास्थ्य संस्था नियन्त्रणमा लिन सक्ने अध्यादेशमा यस्ता छन् अन्य व्यवस्था


काठमाडौं– सरकारले कुने पनि बेला स्वास्थय संकटकाल घोषणा गर्न सक्ने भएको छ। यसलाई कोभिड–१९ स्वास्थ्य आपतकालका रुपमा सरकारी घोषणा आउन सक्ने प्रक्षेपण गरिएको छ।

नेपालमा कोभिडका कारण संक्रमण दर नघट्ने, मृत्युदर बढ्ने तथा यस्तो बेलामा सरकारले तय गरेको नीतिलाई उल्लंघन गरेको खण्डमा आपतकाल घोषणा गरी नीजि स्वास्थ्य संस्था समेतलाई नियन्त्रणमा लिन सक्ने उच्च सरकारी निकायले जानकारी दिएको छ।

‘अध्यादेश आइसकेको छ। राजनीतिका नाममा कोभिड संक्रमण फैलाउने या सरकारले तय गरेका सीमा मिच्ने काम भए स्वास्थ्य आपतकाल घोषणा हुन सक्छ’, स्रोतले भन्यो।

स्वास्थ्य आपतकालका लागि यहि बेला भन्ने समयसीमा राखिएको छैन। कोभिड व्यवस्थापन निर्देशक समितिका सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आपतकालका लागि समयको सीमा नरहेको बताएका छन्।

कोभिड व्यवस्थापन केन्द्र (सीसीएमसी)का प्रमुख कार्यकारी अधिकारीका रुपमा नियुक्त गरिएका पूर्वरथी बालानन्द शर्मालाई संकटकालको सिफारिस गर्न सक्ने अधिकार पनि दिइएको छ।

देशभरका स्वास्थ्य संस्थालाई कोभिडमा केन्द्रिकरण गर्नका लागि सरकारले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको नेतृत्वमा उपचार व्यवस्थापनको केन्द्रीय समिति पनि गठन गरिसकेको छ।

आपतकालसम्म लगाउने प्रयोजनका लागि नै सरकारले हालै ‘कोभिड–१९ व्यवस्थापनका लागि बनेको अध्यादेश’ सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भइसकेको छ।

उक्त अध्यादेश नेपालको राजपत्रमा प्रकाशित समेत भइसकेको छ। सरकारले चाहेको अवस्थामा स्वास्थ्य संकटकाल लगाउन सक्नेगरी अध्यादेशमा व्याख्या गरिएको छ।

आपतकालसम्बन्धी परिच्छेद यस्तो छ

प्रतिक्रिया