

२४ घन्टामा थपिनेभन्दा निको हुने संख्या धेरै, ६७१४ संक्रमित हुँदा ६७१६ निको, १४५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थपिने संक्रमित संख्या भन्दा निको हुने संक्रमितहरु धेरै रहेका छन् ।
पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३० नमुनाको पीसीआर परिक्षण गरिएको छ । ३२२ एन्टीजेन परीक्षण गरिएको छ । ती मध्ये देशभर जम्मा ६ हजार ७ सय १४ मा कोरोना पुष्टी भएको छ ।
काठमाडौंमा ११३९ जना थपिएसँगै उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टी भएको छ ।
गत २४ घन्टामा ६ हजार ७ सय १६ जना कोरोनामुक्त भएका छन् । यससँगै पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या २ ले बढी रहेको छ ।
देशभर अहिलेको १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन् ।
देशभर पछिल्लो २४ घन्टामा १४५ जनाको निधन भएको छ ।

