नेपाल र भारतका आरोही ल्होत्सेको शिखरमा


सोलुखुम्बु – नेपाल तथा भारतका आरोहीहरुको टोली आज ल्होत्से हिमालको शिखरमा पुगेको छ।

आईएम एफ ईण्डियन एभरेष्ट मासिफ एक्सपिडिसन टिम आज बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको अभियानको ब्यवस्थापन गरिरहेको पिक प्रमोशनले जनाएको छ।

भारत सरकारको खेलकुद तथा युवा मामिला मन्त्रालयले प्रायोजन गरेको यो अभियान अन्तर्गत सफल आरोहीहरुमा भारतका स्टेनजिन देशल र सविता कन्सवाल छन भने नेपाली आरोहीहरु सोनाम छिरिङ लामा र आङ पास्ते शेर्पा छन।

प्रतिक्रिया