नीति तथा कार्यक्रममा कोभिड-१९ खोपलाई प्राथमिकतामा राख्ने-मुख्यमन्त्री राई


मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आम नागरिकको स्वास्थ्यप्रति गम्भीर रही निःशुल्क कोरोना खोपको व्यवस्था गर्ने बताएका छन् ।

मुख्यमन्त्री राईले करुणा फाउण्डेशन नेपालकाका वरिष्ठ व्यवस्थापक कमल कोइरालाद्वारा आज यहाँ ३० थान अक्सिजन कन्सनट्रेटरको पत्र बुझ्दै सो जानकारी दिएका हुन् ।

उनले प्रदेश सरकारले जनताको स्वास्थ्यप्रति उत्तरदायी रही कोभिड-१९ खोपको सुनिश्चिताको लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा मुख्य प्राथमिकतामा राख्ने उल्लेख गरे । मुख्यमन्त्री राईले महामारीलाई पराजीत गर्न फाण्डेशनको प्राप्त अक्सिजन कन्सनट्रेटरका सहयोगको प्रशंसा गर्नु पर्ने हुँदै कोभीड नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए ।

उक्त अवसरमा फाण्डेशनका वरिष्ठ व्यवस्थापक कोइरालाले आगामी दिन थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा प्रतिथान एक लाख २५ हजार मूल्यबरावरको १० लिटर क्षमताको ३० थान अक्सिजन कन्सनट्रयाटर उपलब्ध गराइएको थियो । फाउण्डेशनले गत वर्ष पनि एक करोड २५ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।

प्रतिक्रिया