माधव कमरेडलाई नै प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गरेका हौं : सोमप्रसाद पाण्डे


काठमाडौं – नेकपा एमालेका प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डेले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर गरेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ‘शुरूमा माधव कमरेडलाई नै प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गरेका हौं । पछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा भयो भन्ने जानकारी आयो । हामीले हस्ताक्षर फिर्ता लिएनौं । भएको यस्तै हो ।’

पाण्डेले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नका लागि हस्ताक्षर गरेको भएपनि कांग्रेस माओवादीसँगको वार्तामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको बताए ।

 

 

प्रतिक्रिया