

‘संवैधानिक प्रक्रियाहरु मिचिएकाले संसद पुनर्स्थापनाको आधार बलियो छ’

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यराति गरिएकाे प्रतिनिभिसभा विघटन पहिलेभन्दा अहिले झन् संसद पुनर्स्थापनाको बलियो आधार रहेको संवैधानिक कानुनका जानकारहरुले बताएका छन्।
अहिले संवैधानिक प्रक्रियाहरु मिचिएको र पूर्व नजिरहरूलाई वेवास्ता गरिएको उल्लेख गर्दै नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले पहिलेभन्दा अहिले झन् संसद पुनर्स्थापनाको बलियो आधार रहेको बताएका हुन्।
अहिले संविधानको धारा ७६ (४) को प्रयोगसमेत नगरिएको भन्दै ३० दिन भित्र संसदबाट विश्वासको मत नलिएको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको बताए । उनले भने ‘हाल ओली अल्पमतको प्रधानमन्त्री हो, त्यसैले संसद विघटन गर्ने अधिकार छैन।’
भट्टराईले धारा ७६ (५) बमोजिमको प्रक्रियामा केपी शर्मा ओली नयाँ सरकारका लागि सहभागी नै बन्न नमिल्ने पनि बताए।

