संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछः प्रवक्ता शर्मा


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको सामूहिक बलात्कार गरेको आरोप लगाएका छन् ।

शुक्रबार मध्यरात मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी छन् । त्यसअघि प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै शर्माले उक्त कुरा बताएका हुन् ।

शर्माले सामाजिक सञ्जाल ट्वीटरमा अगाडि लेखेका छन्, ‘बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ !’

शर्माले अर्को ट्वीट गर्दै महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधिको उपहार दिएको बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’

 

 

 

प्रतिक्रिया