

बाबुराम र उपेन्द्रलाई पाखा लगाउँदै जसपा संसदीय दलको बैठक !

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जनाइएको छ । अहिले ११ बजे संसदीय दलको बैठक बस्ने स्रोतले जनाएको छ ।
बैठकका बारेमा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने जानकारी गराइएको छैन।
ठाकुर–महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ। उक्त समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन समेत गरिसकेको छ।

