संसद भवनमा कोरोना खोप लगाउन पुगेका पूर्वआईजी र एआईजी भए हिस्स


काठमाडौं– सांसदलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइरहेको संघीय संसद भवनमा रोचक दृश्य देखिएको छ।

केही दिन अघिसम्म दोस्रो डोज खोप जारी राखेको संसद भवनमा मौकामा खोप लगाउन पुगेका नेपाल प्रहरी र सशस्त्रका पूर्व महानिरिक्षक (आईजी) तथा अतिरिक्त महानिरिक्षक (एआईजी) हिस्स परेका हुन्।

सांसदलाई खोप लगाउने लाइनमा उभिएका नेपाल प्रहरीका पूर्वआईजीहरु रमेश चन्द ठकुरी, ठाकुर ज्ञवाली, पूर्वएआईजी केशरीराज घिमिरे हिस्स परेका हुन्। संसद परिसरमा उनीहरूको पालो आउनासाथ खोप लगाउने काम आइतबार बन्द गरिएको थियो।

उक्त लाईनमा सशस्त्रका पूर्वआईजी बासुदेव ओली पनि रहेका थिए। ‘सांसदका लागि मात्र रहेको खोप लगाउन अन्य विशिष्ट व्यक्ति पनि आएको थाहा भयो तर हामीले बन्द गरिसकेका थियौं’, स्रोतले भन्यो।

प्रतिक्रिया