इटहरीका सबै बैंक तथा वित्तीय संस्था बन्द


सुनसरी – सुनसरीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकाले सुनसरीको इटहरी उपमहानगरपालिकाका सबै बैंक तथा वित्तिय संस्था बन्द हुने भएका छन् ।

इटहरी उपमहानगर प्रमुख द्धारीकालाल चौधरीको अध्यक्षतामा बसेको बैक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी आजदेखि जेठ ७ गते सम्म एकहप्ता बैक तथा बित्तीय संस्थाको सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरिएको हो ।

यो अबधिमा बैंकका एटिएम भने सञ्चालनमा रहने मयर चौधरीले बताए ।

बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि बित्तिय संस्थाहरुसँग सहयोगको आग्रह समेत गरेको छ ।

प्रतिक्रिया