बैतडीमा जारी निषेधाज्ञा १५ दिन थपियो


बैतडी – बैतडी जिल्लामा वैशाख २० गतेदेखि जेठ २ गतेसम्म लागु हुने गरी जारी गरेको निषेधाज्ञा १५ दिन थप गरिएको छ ।

बैतडीमा आजदेखि थपिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लागू हुनेछ ।

हिजो प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गरेका हुन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश अनुसार जेठ १७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

जिल्लाका कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणकालागि निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । हालसम्म कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया