कोरोनाबाट एमालेका युवा नेता शंकरको मृत्यु


इलाम – कोरोना भाइरस संक्रमणबाट नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको मृत्यु भएको छ ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

प्रतिक्रिया