प्रधानमन्त्री ओलीले कोरोना संकटलाई लिएर बालुवाटारमा सर्वपक्षीय छलफल


काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका सर्वपक्षीय छलफल गरेका छन् ।

उनले बालुवाटारमा मन्त्री, उच्च सरकारी अधिकारी, विज्ञ, अस्पताल सञ्चालक, अक्सिजन उद्योगका साथै अन्य निजी क्षेत्रका प्रतिनिधिसँग सर्वपक्षीय छलफल गरेका हुन् । बैठकमा कोरोनाको संक्रमण रोकथाम तथा वर्तमान अवस्थाबारे छलफल हुने बताइएको छ ।

अहिले देशभर कोरोना संक्रमित तीव रूपमा बढ्द जाँदा अस्पतालमा बेड अभाव भइरहेको छ । साथै कोरोनाकाे बिरामीको उपचारका लागि अत्यावश्यक रहेको अक्सिजनको अभाव हुँदा संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ।

यसबीच प्रधानमन्त्री ओलीले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न पक्षसँग सुझाव लिन छलफल थालेका हुन् । छलफलबाट प्राप्त सुझावका आधारमा सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी रणनीति बनाउने बताइएको छ ।

प्रतिक्रिया