भारतमा घटे संक्रमित, पछिल्लो २४ घन्टामा ३ लाख २६ हजार संक्रमित, ३८ सयको मृत्यु


काठमाडौं – नेपालको छिमेकी मुलुक भारतमा पछिल्लोसमयमा कोरोना संक्रमित दर घट्दो क्रममा देखिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरमा अत्याधिक संक्रमित र मृतकको संख्या धेरै देखिएको भारतमा पछिल्ला केहीदिनयता संक्रमितको दर घट्दो क्रममा रहेको छ ।

भारतमा गत मे ६ मा ४ लाख १४ हजार ४ सय ३३ जना संक्रमित थपिएको अहिलेसम्मकै धेरै संख्या हो । त्यसपछि सामान्यरुपमा घट्दै आइरहेको छ । बिहीबार ३ लाख ४३ हजारलाई देखिएका संक्रमित संख्या शुक्रबार ३ लाख २६ हजार १ सय २३ जना संक्रमित देखिएका छन् । यससँगै भारतमा हालसम्म संक्रमितको संख्या २ करोड ४३ लाख ७२ हजार २ सय ४३ संक्रमित पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ७९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६६ हजार २ सय २९ जना पुगेका छन् ।

हालसम्म भारतमा २ करोड ४ लाख २६ हजार ३ सय २३ जना कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया