‘एकदम सही गर्नुभयो माधव कामरेड ! बल्ल तपाईं सही संगतमा आउनुभयो’


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले बरिष्ठ नेता माधव नेपाल बल्ल सही संगतमा आएको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा पुष्पकमल दाहालले स्थायी कमिटी बैठकमा भनेको वाक्यलाई साभार गर्दै, नेपालले धोका नदिएको बताउँदै पोजिसन चेन्ज गरेको बताएका छन् ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘विशेष क्षण– पुष्पकमल दाहालले आफ्नो गुटको स्थायी कमिटी बैठकमा हिजो भन्नुभएछ, ‘माधव नेपालजीले धोका दिनुभयो, गठबन्धनको सरकार नबन्ने भयो ।’ धोका नै दिनुभएको हो कि होइन ? तर पोजिसन चेन्ज गरेर हामी एमालेहरु भन्छौं, ‘एकदम सही गर्नुभयो माधव कामरेड ! बल्ल तपाईं सही संगठनमा आउनुभयो ।’

 

विशेष क्षण –
पुष्पकमल दाहालले आफ्नाे गुटकाे स्थायी कमिटी बैठकमा हिजाे भन्नुभएछ-“माधव नेपालजीले धाेका दिनुभयो, गठबन्धनको सरकार नबन्ने भयाे।”
धाेका नै दिनुभएको हाे कि हाेइन? तर पाेजिसन चेन्ज गरेर हामी एमालेहरू भन्छाैं-एकदम सही गर्नुभयो माधव कमरेड! बल्ल तपाईं सही संगतमा आउनु भयाे। pic.twitter.com/GklG9rfPc8

— Surya Thapa (@ThapajiSurya) May 14, 2021

 

प्रतिक्रिया