

क्याप्टेन रामेश्वर थापाको घरमा ओली–नेपाल भेट

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ता भएको हो।
२८ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेको र एमाले विवाद उत्कर्षमा पुगेका बेला ओली–नेपालको भेटलाई निकै महत्त्वका साथ हेरिएको छ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले बरिष्ठ नेता नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।
राजनीति निर्णायक घडीतिर अघि बढ्दा उनीहरुबभि भेट भएको हो। प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ।
त्यसैले आजको वार्तामा कुनै न कुनै सहमति हुनसक्ने सम्भावना रहेको छ।

