

विश्वभर एकैदिन ६ लाख बढी संक्रमित थप, अमेरिकामा मात्रै संक्रमित संख्या करोड नाघ्यो

काठमाडौं – विश्वमा एकैदिन ६ लाख १९ हजार बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा विश्वरभर ६ लाख १९ हजार ९ सय ५२ संक्रमित संख्या पुगेसँगै हालसम्म संक्रमित हुनेको संख्या ४ करोड ९६ लाख ४५ हजार ९ सय ३६ पुगेको छ ।
ती मध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमित थपिएका छन् । पछिल्ला २४ घन्टामा १ लाख २९ हजार ७ सय २२ नयाँ संक्रमित थपिएको अमेरिकामा हालसम्म १ करोड ५५ हजा ७ सय ६८ पुगेको छ ।
त्यस्तै भारतमा ४९ हजार ७ सय ३९ थपिएपछि हालसम्म ८४ लाख ६० हजार ७ सय ७३ संक्रमित पुगेका छन् भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ६ सय ५ पुगेको छ ।
.पछिल्ला दिनमा ब्राजिलमा नयाँ संक्रमित संख्यामा केही नियन्त्रणमा आएको देखिएको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा १८ हजार २ सय ४७ जना संक्रमित थपिएका छन् । हालसम्म ब्राजिलमा ५६ लाख ३२ हजार ५ सय ५ संक्रमित पुगेका छन् भने १ लाख ६२ हजार ३५ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घन्टामा अमेरिकापछि कोरोनाबाट प्रभाजित हुने मुलुक फ्रान्स हो । फ्रान्समा ६० हजार ४ सय ८६ जना संक्रमित थपिएका छन् भने ८ सय २८ जनाको मृत्यु भएको छ । हालसम्म फ्रान्मा १६ लाख ६१ हजार ८ सय ५३ संक्रमित पुगेका छन् भने ३९ हजार ८ सय ६५ जनाकाे मृत्यु भइसकेको छ ।
हालसम्म विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ लाख ४७ हजार ९ सय ७४ पुगेका छन् । पछिल्लो २४ घन्टामा मात्र ९ हजार ५५ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म विश्वभर ३ कराेड ५२ लाख ४५ हजार ३५ जना कोरोना मुक्त भइसकेका छन् ।

