

जेठ २ गतेदेखि काठमाडौँमा दोस्रो चरणको चिनियाँ खोप लगाइने, भिडभाड नगरी लगाउन प्रशासनको आग्रह

काठमाडौँ – आगामी जेठ २ देखि काठमाडौँमा चिनियाँ खोप भेरोसेल लगाउन दोस्रो चरणको अभियान सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले खोप सञ्चालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक साताका लागि निश्चित समय तोकी अभियान चलाउने निर्णय गरेको हो ।
डीसीसीएमसी काठमाडौँको आज बसेको बैठकले निषेधाज्ञाको पालना गर्दै खोप लगाउन दिने निर्णय गरेको हो ।
भिडभाड नगरी खोप लगाउन आग्रह गर्दै प्रशासनले सम्बन्धित निकायलाई पत्र लेखेर पठाउने निर्णय गरेको हो । खोप लगाउन आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय छ ।

