भारतमा संक्रमित संख्या घट्यो, ३ लाख ६६ हजार संक्रमित, ३७ सयको मृत्यु


काठमाडौं – भारतमा पछिल्ला ३ दिनमा चार लाख बढी संक्रमित देखिएकोमा पछिल्लो २४ घन्टामा केही घटेको छ ।

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ३ लाख ६६ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार ४१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८६ लाख ६५ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ५० हजार ९९८ छ ।

यस्तै त्यहाँ एकैदिन ३ हजार ७४८ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४६ हजार १४६ पुगेको छ ।

प्रतिक्रिया