महन्थ ठाकुर र राजेन्द्र महतोको भनाईले कांग्रेस सभापति देउवा ‘झसङ्ग’

उपेन्द्र यादव र बाबुराम भट्टराईको लहैलहैमा लागेर अविश्वास प्रस्तावमा नलाग्न सुझाव


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष र नेता राजेन्द्र महतोले उपेन्द्र यादव र बाबुराम भट्टराईको लहैलहैमा लागेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गल्ती नगर्न सुझाव दिएका छन्।

आफूहरूबीच कुनै मतभेद नरहेको र अहिले जसपाले सरकारको समर्थन वा विपक्षमा जाने कुनै पनि निर्णय नगरेकाले हतार नगर्नका लागि सुझाव दिएपछि देउवा झसङ्ग भएका छन्।

‘हामीले आधिकारिक रुपमा केही निर्णय गरेका छैनौं, उनीहरुको व्यक्तिगत निर्णयलाई आधिकारिक नमान्नुहोला’, ठाकुरले देउवालाई भने,‘अविश्वास प्रस्ताव ल्याउने सोच्नु भएको भए जसपा तटस्थ बस्छ भन्ने पनि हेक्का राख्नुहोला।’

शनिबार दिनभर जसो ठाकुर र महतोबीच फाटो आएको भन्ने खबर झूठो रहेको पनि देउवालाई सुनाएका थिए। देउवाले तत्काल अविश्वासको प्रस्ताव ल्याउने मनसाय नरहेको तर सरकारको पक्षमा पनि कांग्रेस नरहने विपक्षमा नै मत हाल्ने बताएका थिए।

प्रतिक्रिया