एमालेका २० सांसदको राजीनामा पत्रमा हस्ताक्षर, नेपाल पक्षको बैठक बस्दै


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका २० सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। उक्त पत्र नेता नेपाललाई बुझाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउनका निम्ति पुग्ने संख्याका आधारमा नेपाल पक्षले हस्ताक्षर गरेको हो। ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

राजीनामा पत्र संसद सचिवालयमा बुझाउने या अन्तिम पटक ओलीलाई सम्झाउने भन्ने विषयमा नेपाल पक्षको बैठक बस्दैछ। नेता नेपालसहित भीम रावललगायतले राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षरकर्तामा नेपाल समूहका समानुपातिक सांसद भने समावेश छैनन्। प्रत्यक्ष निर्वाचित सांसदले मात्र राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया