अमेरिकी डिभी २०२२ को नतिजा सार्वजनिक, तपाइँलाई पर्यो कि यसरी हेर्नुहोस्


काठमाडौं – अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभीको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर, आप्mनो नामको अन्तिम थर र जन्म सालको प्रयोग अनिवार्य हुन्छ ।

छनोट भएका आवेदकहरूलाई अन्य प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया