पार्टीका दोस्रो तहका नेतासँग ओलीको भेटघाट तीव्र


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २७ वैशाखमा संसदमा विश्वासको मत लिने घोषणा गरेसँगै पार्टीका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाएका छन् ।

ओलीले दोस्रो तहका नेताहरुसँग भेट गर्ने क्रममा शुक्रबार नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए ।
प्रधानमन्त्री ओली र नेता विष्टबीच लामै समय कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।

अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए । तर छलफल निष्कर्षविहिन भएको थियो ।

 

प्रतिक्रिया