

माधव नेपालले स्वीकारे गोलाकारभित्र हँसिया हथौडा!

काठमाडौं– एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नका लागि माओवादी केन्द्रको चुनाव चिन्हलाई स्वीकार गरेका छन्।
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट मैदानमा गृहमन्त्री रामबहादुर थापा उत्रिने विषय अगाडि आएको थियो। तर विहीबारको स्थायी कमिटी बैठकले भने मत विश्लेषणका आधारमा उम्मेदवार तयार पार्ने निर्णय गरेको छ।
तर बागमतीबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा उपेनद्र यादव पक्षसँग वार्ता पनि नेता नेपालले खिमलाल देवकोटालाई उम्मेदवार प्रस्ताव गरेका थिए।
उक्त प्रस्तावलाई तीनै दलले स्वीकार गरेपछि चुनाव चिन्हका लागि गोलाकारभित्र हँसिया हथौडामा सहमति जुटेको थियो। ‘सूर्य नपाउने भएपछि हँसिया हथौडा नै रोज्नु परेको हो, कम्युनिस्ट भएको नाताले त्यसलाई स्वीकार गर्नु नयाँ कुरा होइन’, नेपाल पक्षका एक नेताले भने,‘ओलीविरुद्ध उत्रिनका लागि जस्तो सुकै पनि सम्झौता हुनेछ।’

