आफ्नो पक्षका नेतासहित देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली


काठमाडौं – आफ्नो पक्षका नेता सहित प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।

राष्ट्रियसभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन्।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे।

यसैबीच, बुधबार नै नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

बुधबार संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको लिखित पत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले सत्ता टिकाउनका लागि राष्ट्रियताको विषयलाई सौदाबाजी गरेको आरोप लगाएका छन्।

उनले अध्यादेशबाट मुलुक चलाउने कोसिस प्रधानमन्त्री ओलीले गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया