राष्ट्रियसभा उपनिर्वाचनः एमालेबीच भिडन्त, बादलविरुद्ध माधवका उम्मेदवारलाई प्रचण्डसहितको गठजोड


काठमाडौं– ६ जेठका लागि तोकिएको राष्ट्रिय सभा उप निर्वाचनमा एमालेबीच भिडन्त हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध माधवकुमार नेपाल पक्षका खिमलाल देवकोटालाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको उपेन्द्र यादव पक्षले सघाउने भएको छ।

मंगलबार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र यादवबीच भएको सहमतिका आधारमा बादलविरुद्ध संयुक्त उम्मेदवारका रुपमा देवकोटालाई उठाइने भएको हो।

प्रतिक्रिया