राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् ।

जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया