उपेन्द्र यादवको निवासमा प्रचण्ड–नेपाल, जसपा फुटाउने प्रस्तावको यथार्थ यस्तो छ


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा प्रतिनिधि सभामा विश्वाको मत लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गरेका छन्।

महन्थ ठाकुरलगायतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने भएपछि एमालेका नेपाल पक्षका २१ सांसदले राजीनामा दिने र जसपा विभाजनका विषयमा यादवसँग छलफल चलेको बताइएको छ।

जसपा विभाजन हुँदा बहुमत सांसद आफूसँग रहने दाबी यादवले गरेपछि एमालेबाट नेपाल पक्षका सांसदले राजीनामा दिने र कसैगरी पनि ओलीलाई विश्वासको मत पुग्न नदिने विषयमा कुराकानी भएको उच्च स्रोतको दाबी छ।

बुधबार हात्तिवनस्थित यादव निवासमा भएको भेटका क्रममा जसपा विभाजनका निम्ति प्रचण्डले नै प्रस्ताव गरेको बताइएको छ। जसपा विभाजन नभई ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसकिने राय प्रचण्डले दिए पनि कम्तिमा १७ सांसदसहित पार्टी विभाजनको अभ्यासमा यादव लागि परेको बताइएको छ।

नेपाल पक्ष भने तत्काल केन्द्रीय कमिटी र संसदीय दलमा पनि अल्पमतमा रहेका कारणले २१ सांसदले राजीनामा दिने विषयमा समझदारी बनेको बताइन्छ।

प्रतिक्रिया