लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण


बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज (बुधबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले हिजो (मंगलबार) साँझ नियुक्त गरेका मन्त्रीहरु चेतनारायण आचार्य, भोज प्रसाद श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तवले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठ र शिक्षा तथा सामाजिक विकास मन्त्री श्रीवास्तव बनेका छन् ।

यो सँगै पोखरेल नेतृत्वको १० सदस्यीय मन्त्रिमण्डल पुगेको छ । आज शपथ ग्रहण गरेका आर्चाय र श्रेष्ठ एमाले पार्टीका हुन् भने श्रीवास्तव सूर्य चिन्ह लिएर प्रदेशसभाका निर्वाचित भएका थिए ।

प्रतिक्रिया