पराजयका बाबजुद तेस्रो पटक मुख्यमन्त्री बनिन् ममता बेनर्जी


पश्चिम बंगाल — भारतको पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेपछि ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन्। तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्।

कोरोनाभाइरस महामारीका कारण थोरै मानिसमात्र सहभागी रहेको उनको सपथ ग्रहण कार्यक्रममा उनीबाहेक अन्य मन्त्रीहरुले सपथ लिएका थिएनन् ।

गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफू भने पराजित भएकी थिइन्।

नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल कंग्रेस छोडेर गएका उनको क्याबिनेटका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन्।

चुनाव हारे पनि बेनर्जीलाई भारतीय संविधानले तेस्रो कार्यकालका लागि मुख्यमन्त्री रोकेको थिएन।

भारतीय संविधानको धारा १६४ (४) ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ।

बेनर्जीले उक्त धाराअनुसार मुख्यमन्त्रीको सपथ लिएकी हुन् अब उनी छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर विधान सभा सदस्य हुनेछन्।

पश्चिम बंगालमा पार्टीलाई  दुई तिहाइ बढी बहुमत दिलाएकी बेनर्जीले यसरी मुख्यमन्त्री बन्नु संवैधानिक, राजनीतिक र नैतिक रूपले पनि स्वीकार्य हुने विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया