बिरामीको उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द, ठूला अस्पतालमा प्लान्ट


काठमाडौं– कोभिड–१९ महामारीका बेला बिरामीको उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

सोमबार जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो महामारीका बेला बिरामीलाई अक्सिजन अत्यावश्यक भएका कारणले अन्य क्षेत्रको आपूर्ति बन्द गरिएको बताए।

काठमाडौंलगायतका विभिन्न ठाउँमा रहेका ठूलो अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी उत्पादनको कामलाई पनि तिव्रता दिइने प्रधानमन्त्री ओलीको भनाई थियो।

उनले महामारीका बेला सरकारले, सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञालाई, स्वास्थ्य मापदण्ड अपनाउन पनि अपिल गरेका छन्। सोही क्रममा कोही पनि जनतालाई उपचारविहीन र भोकै मर्ने अवस्था आउन नदिने सरकार सक्रिय हुने ओलीको भनाई थियो।

प्रतिक्रिया